मानिसको मनभित्र बाट पलाउने माया धेरै प्रकारको हुदोरहेछ | प्रेमको सागरमा रमाउने मानिसहरु फरक-फरक प्रकारको प्रेम सागरको भुमरीमा रमाउदा रहेछन| त्यसमा कसैले मनभित्रको माया मनभित्र बाटै दासंस्कार गर्दारहेछन वा मनभित्रै विलाउदो रहेछ | कसैले दुई मुटुलाई एक बनाएपनि अन्त्यमा टुक्रिएर जादोरहेछ भने कसै-कसैको माया अजम्वरी मायामा परिणत हुदोरहेछ | जीवनको पहिलो क्षण थियो, एक जना बहिनी साथीसंग म नजिक हुदै गए, जसले मलाई भन्ने गर्थिन -"यदि तपाई रिसाउनु भयो भने मैले तपाइको आँखाबाट थाहा पाउछु |"मेरो मन भित्रबाट चसक्क घोचेर आउथ्यो उनका ती तिखा वाणी हरुले | हुनत उनको शरीर हेर्दा चट्ट मिलेकि शुन्दरी स्वर्गकी परी जस्तो लाग्थ्यो केवल मेरो हेराइमा | तर उनको मन सफा भएपनि धेरै केटा साथीहरुसंग संगत गरि धेरै हाँस्दै, बोल्दै गरिरहेको देख्दा कता-कता मलाई रिश उठेर आउथ्यो | यो आत्माले सोच्दथ्यो - "उनि केवल मसंगै मात्र बोल्ने हाँस्ने गरुन |" जस्ता भावनाहरु मेरो मनमा पलाएर आउथ्यो | वास्तबमा मेरो मन स्वार्थी भएको थियो | समय आफ्नै गतिमा वगिरहेको थियो |
स्वर्ग भन्दा पनि प्यारो आमाको काख लाग्दछ जहाँ त्यहीँ रमाए पनि आमाको माया जाग्दछ कति निश्वार्थ माया आमाको छलकपट छैन कर्ममा दुखदायी भोगे पनि गल्ती आमाको होइन । टालेको कपडा लगाइ आमाको फाटेको मनमा हासेर खुवायौ बढायौ दीनदुखिको धनमा खाली पेट राखी नखाई सन्तानलाई खुवायौ अजम्बरी न्यानो माया आज गुन सम्झेर रुवायौ । रमाउन पाउ सदैव आमाको समिपमा बसेर अथाह माया गरौं आमाको गहिराईमा पसेर ससारमा सबै पाइन्छन केवल पाइदैन आमा आमा नै ससार हो सृष्टि निर्माता हो आमा । ~ गोकर्ण दर्लामी 'आर्तनाद'
Comments
Post a Comment