मेराे प्रेम कथा


            मानिसको मनभित्र बाट पलाउने माया धेरै प्रकारको हुदोरहेछ | प्रेमको सागरमा रमाउने मानिसहरु फरक-फरक प्रकारको प्रेम सागरको भुमरीमा रमाउदा रहेछन| त्यसमा कसैले मनभित्रको माया मनभित्र बाटै दासंस्कार गर्दारहेछन वा मनभित्रै विलाउदो रहेछ | कसैले दुई मुटुलाई एक बनाएपनि अन्त्यमा टुक्रिएर जादोरहेछ भने कसै-कसैको माया अजम्वरी मायामा परिणत हुदोरहेछ | 

                   जीवनको पहिलो क्षण थियो, एक जना बहिनी साथीसंग म नजिक हुदै गए, जसले मलाई भन्ने गर्थिन -"यदि तपाई रिसाउनु भयो भने मैले तपाइको आँखाबाट थाहा पाउछु |"मेरो मन भित्रबाट चसक्क घोचेर आउथ्यो उनका ती तिखा वाणी हरुले | हुनत उनको शरीर हेर्दा चट्ट  मिलेकि शुन्दरी स्वर्गकी परी जस्तो लाग्थ्यो केवल मेरो हेराइमा | तर उनको मन सफा भएपनि धेरै केटा साथीहरुसंग संगत गरि धेरै हाँस्दै, बोल्दै गरिरहेको देख्दा कता-कता मलाई रिश उठेर आउथ्यो | यो आत्माले सोच्दथ्यो - "उनि केवल मसंगै मात्र बोल्ने हाँस्ने गरुन |" जस्ता भावनाहरु मेरो मनमा पलाएर आउथ्यो | वास्तबमा मेरो मन स्वार्थी भएको थियो |

                   समय आफ्नै गतिमा वगिरहेको थियो | उनि र म विच प्रेम प्रेमिका विचको भागमा हुने माया विल्कुलै थिएन तर पनि हामी एक आपसमा नजिक भएका थियौ | उनीसंगको यात्रा गर्दा उनको हात समाउने मन लाग्थ्यो | उनका हात मागेर समाउदै भन्थे - "तिम्रा हात कत्ति नरम रहेछन |" उनि लज्जाउदै भन्थिन -"छोरी मान्छेका हात नरम त हुन्छन नी |" उनका ति आँखाका नजरहरुसंग घन्टौ सम्म नजर जुधाई रहू जस्तो लाग्थ्यो | उनि र म छुटिने वाटाहरुमा मैले उनलाई गुड वाई भन्थे, उनले पनि मलाई हेरेर गुड वाई भन्थिन |

                    दिनहरु रमणीयमा  वित्दै थिए तर मेरो वास्तविक मनभित्रको दिन निरास रुपमा वितिरहेको थियो | किनभने म वास्तविक रुपमा एक्कोहोरो प्रेममा तड्पिरहेको थिए | नत रातमा राम्रोसंग निद्रा थियो न त दिनमा खाना थियो; हरेक क्षण उनकै माया अनि सम्झनाको गोहिराइमा  डुबुल्की मारिरहेको थिए | एक दिन उनलाई नभेट्दा पनि अति नरमाइलो भएर आउथ्यो कोठामा सांकेतिक रुपमा उनका नामहरुले  सजाउने गर्थे | मैले उनलाई म्यासेजहरु टेक्स गर्थे ती म्यासेजहरुको प्रतिउत्तर उनले पनि दिने गर्थिन | मैले उनलाई मेरो मन मुटुको समिपमा राखे पनि म्यासेजहरुमा एक प्रेम -प्रेमिका विचमा रचिने रचनाहरु कोरिने थिएनन केवल वास्तविक दाजु र बहिनी विच लेखिने म्यासेजहरु लेखिन्थे |

                  यो परिबर्तनशिल संसार पनि कस्तो अचम्म रहेछ | मैले त उनलाई यस जन्ममा आफ्नो मुटुको टुक्रा बनाएको थिए तर उनले मलाई माया गर्थिन वा गर्दिनाथिन वास्तबमा मलाई थाहा थिएन | किनभने न त उनले भनेकी थिइन् न त मैले उनीसामु मेरो मनको कुरा भनेको थिए | केवल त्यो दिनको प्रखाइमा थिए आफ्ना मनका वेदनाहरु उनि सामु प्रस्फुटन गर्ने ठुलो आशा अनि भरोषामा थिए; मनका कुराहरु भन्ने प्रतिक्षामा थिए | हुन त उनि म भन्दा अलि कम उमेरकी थिइन् | भनिन्छ -"  मायामा ठुलो- सानो, धनि - गरिव, जातपात आदिको भेदभाव हुदैन |" मैले उनलाई आफ्नो शरिक साथी बनाई उनीसंग मेरो अन्तर हृदयका मनका वेदनाहरु राख्ने त्यो सुनौलो दिनको प्रतिक्षामा थिए | कता-कता मलाई त्रास लागिरहेको थियो किन भने कतै उनले मलाई ठाडै अस्विकार गर्ने हुनकी भनेर | वास्तवमा मानिसलाई प्रेमका इछ्छा आक्यांक्षाहरु विपरित लिङ्ग प्रति प्रस्तुत गर्न हिच्किचाउनु पर्दो रहेछ |

                    मानिसको मनभित्र दुई ओटा मनहरु हुदो रहेछ | ती दुई मनहरु विच एक मनले राम्रो गर्छु भनेपनि अर्को मनले चाहि त्यसको विपरित दिशातर्फ लान खोज्दो रहेछ | म जति उनि संग भेट हुन्थे उति मेरो मनभित्रको मायाको कोपिला फक्रदै-फक्रदै जान्थ्यो झन्-झन् माया बढ्दै जान्थ्यो | कहिले कहिँ सोच्दथे म कत्ति अभागी भएर जन्मेछु आफ्नो मनको चाहना कसै संग प्रस्फुटन गर्न ठुलो पहाड बन्दो रहेछ |

                      समय पनि कत्ति निष्ठुरी रहेछ | एक्कोहोरो प्रेमले मलाई पागल भए जस्तो अदभूत कल्पनाहरु अनायासै निस्कन्थे | अन्त्यमा सोचे मैले मेरो मनको कुरा उनि सामु जसरि भएपनि भन्नु पर्छ किनकी उनि मेरो जीवन हो, जिन्दगीको लामो यात्राको जीवन साथी हो, मेरो सबथोक उनी नै हो,उनी विनाको जिन्दगि मेरो अन्धकारमय हुन्छ आदि इत्यादी कुराहरु मनमा खेलाउदै म उनलाई फोन गरेर सबै मनका भावना सुनाए त्यसपछि अन्त्यमा थाहा पाए उनी पनि मलाई तेसरिनै माया गर्दो रहिछ तेसपछी हामी विवाहको डोरीमा बाधीन पुग्यो आज बिबाह भएको पनि छ वर्षमा टेकेछ 😆😆.............................................|

                                     गोकर्ण दर्लामी 'आर्तनाद'

Comments

Popular posts from this blog

मुक्तक

आमा