आमा

स्वर्ग भन्दा पनि प्यारो आमाको काख लाग्दछ

जहाँ त्यहीँ रमाए पनि आमाको माया जाग्दछ

कति निश्वार्थ माया आमाको छलकपट छैन

कर्ममा दुखदायी भोगे पनि गल्ती आमाको होइन ।


टालेको कपडा लगाइ आमाको फाटेको मनमा

हासेर खुवायौ बढायौ दीनदुखिको धनमा

खाली पेट राखी नखाई सन्तानलाई खुवायौ

अजम्बरी न्यानो माया आज गुन सम्झेर रुवायौ ।


रमाउन पाउ सदैव आमाको समिपमा बसेर

अथाह माया गरौं आमाको गहिराईमा पसेर

ससारमा सबै पाइन्छन केवल पाइदैन आमा

आमा नै ससार हो सृष्टि निर्माता हो आमा ।

~ गोकर्ण दर्लामी 'आर्तनाद'

Comments

Popular posts from this blog

मेराे प्रेम कथा

मुक्तक